Need Help ?
Call: +977- 087440116
  • शिवालय उमावि चिल्खाया,कालिकोटमा विहानी परेड

  • देव निमावि ओदामा पढाउदै विदेशी स्वयंसेवक

  • कालिकोट जिल्ला मान्म गाविसमा रहेको प्राचिन पंचदेवल

  • जिल्ला शिक्षा कार्यालय कालिकोटको निर्माणाधिन भवन

जिल्ला शिक्षा अधिकारी

विष्णुप्रसाद तिवारी
(जिल्ला शिक्षा अधिकारी)

  अधिकारमा आधारित शिक्षाको विकास तथा विस्तार राज्यको नेतृत्वमा संभव हुन जान्छ। हरेक तह र तप्काका बालबालिकाको सर्वांगीण विकासको एकमात्र निर्विकल्प माध्यम शिक

थप हेर्नुहोस

कालिकोट जिल्लाको परिचय

 

जिल्लाको परिचय

कालिकोट जिल्ला मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कर्णाली अञ्चलको पहाडी जिल्लाको रुपमा अवस्थित रहेको छ । यस जिल्लाको कूल क्षेत्रफल १७४१ वर्ग किलोमिटर अर्थात १७८०३० हेक्टर रहेको छ । यो जिल्ला २९ डिग्री ५ मिनेट उत्तरी अक्षांसदेखि २९ डिग्री २८ मिनेट उत्तरी अक्षांससम्म र ८१ डिग्री २८ मिनेट पूर्वी देशान्तरदेखि ८२ डिग्री ०२ मिनेट पूर्वी देशान्तरसम्म पर्दछ ।  २०६८ काे राष्ट्रिय जनगणना अनुसार जिल्लाको  कूल जनसंख्या १३२५९३ र घर परिवार संख्या २११७९ रहेको छ । जसमा महिला ६४६४७ र पुरुषको ६७९४६ देखिन्छ भने औषत परिवार संख्या ६.२६, जनघनत्व ५९ जना प्रति वर्ग किलोमिटर रहेको छ । ३० वटा गाविस रहेको यस जिल्लामा ९ वटा इलाकाहरु छन् भने एक मात्र निर्वाचन क्षेत्र रहेको छ । यस जिल्लाको पूर्वमा जुम्ला, पश्चिममा अछाम, उत्तरमा बाजुरा र मुगु तथा दक्षिणमा दैलेख र जाजरकोट जिल्ला पर्दछन् । जिल्लाको नामाकरणको सन्दर्भमा विभिन्न भनाई भएता पनि कालिकोट जिल्लाको कालिका गाविसको कोट गाउँमा अवस्थित कालिकादेवीको मन्दिर (माडु)

थप हेर्नुहोस