Need Help ?
Call: +977- 087440116

जि. शि. अ.

विष्णुप्रसाद तिवारी

 

अधिकारमा आधारित शिक्षाको विकास तथा विस्तार राज्यको नेतृत्वमा संभव हुन जान्छ। हरेक तह र तप्काका बालबालिकाको सर्वांगीण विकासको एकमात्र निर्विकल्प माध्यम शिक्षा नै हो जसबाट हरेक नागरिकको भाविमार्ग प्रशस्त भई राज्यले समुन्नत हुने मौका प्राप्त गरिरहेको हुन्छ। यसै मूलमन्त्रलाई आधार बनाउँदै नेपाल सरकार, शिक्षा मन्त्रालयशिक्षा विभागअन्तर्गत रहेर मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कालिकोट जिल्लाको शैक्षिक कार्यक्रम कार्यान्वयनमा राज्य प्रतिनिधि निकायको रुपमा जिल्ला शिक्षा कार्यालय कालिकोट कार्य सम्पादनमा जुटिरहेको छ। सानो ठाउँ,सानो गाउँ तर कठिन भूबनोटमा बसेर स्तरीय शिक्षाको अपेक्षा गरिरहेका कालिकोटबासीको शैक्षिक स्तर वृद्धि गरी जिल्लाका चिल्लापाते बालबालिकाका लागि नेपाल सरकार, शिक्षा मन्त्रालय, शिक्षा विभागबाट स्वीकृत लगानीका साथसाथै लगानीको उचित प्रक्रिया र प्रतिफलको वास्तविकता थाहा पाई सोहीअनुरुपको सहभागितात्मक प्रतिक्रिया जनाउन पाउने सर्वस्वीकृत नागरिकको अधिकार एवं संवैधानिक न्याय पनि हो। अद्यावधिक शैक्षिक अवस्था भावी शैक्षिक योजना तथा कार्यक्रमको आधार स्तम्भ हो जसबाट कालिकोटको शैक्षिक व्यवस्थापन सूचनामूलक एवं तथ्यमूलक बन्दै अझ बढी शैक्षिक प्रतिफलबाट नयाँ नेपालको निर्माणमा नयाँ एक महत्वपूर्ण कोशेढुङ्गाका रुपमा स्थापित हुनेछ। विगतमा विभिन्न आरोह पार गर्दै अगाडि बढिरहेको कालिकोटको शैक्षिक व्यवस्थापनलाई पारदर्शी, जनउत्तरदायी, सेवामूलक र दक्षतामूखी बनाउँदै गुणस्तरीय जनशक्ति विकासका मार्ग पहिल्याउने सन्दर्भमा यस जिल्लाअन्तर्गतका समग्र शैक्षिक गतिविधिहरुलाई जानकारीमूलक रुपमा समावेश गर्दै शैक्षिक सुधारबाट समुन्नत कालिकोटको भावी जीवनको सुत्रपात हुने भएकाले कालिकोटको वस्तुस्थितिका साथसाथै जनशक्ति व्यवस्थापन, सूचना तथा सञ्चार व्यवस्थापन, योजना तथा कार्यक्रम एवं समग्र गतिविधिको प्रर्वतनात्मक कार्यलाई विद्युतीय सञ्चारमार्फत् प्रकाशन गर्दै दोहोरो सञ्चारबाट पृष्ठपोषण आदानप्रदान गर्नका लागि शिक्षा विभागको विशेष पहलमा यस वेभसाइटको व्यवस्थापन गरिएको हो। वेभसाइट सञ्चालन गर्ने क्रममा अमूल्य प्राविधिक सहयोग एवं स्रोत साधनको व्यवस्थापन गर्न सहयोग पुर्याउने शिक्षा विभाग लगायत विभिन्न विद्धान एवं आदरणीय महानुभावहरुप्रति हार्दिक आभार प्रकट गर्नुका साथै सुझावका आधारमा थप परिमार्जन गर्दै लैजाने प्रणका साथ सुझावहरुको अपेक्षा गर्दछु।

धन्यवाद।